२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:50 pm
राजनीति

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

सूचना प्रेस २०८० भदौ २९ शुक्रबार ००:००, १०:३५ बजे १ मिनेट पढाइ

काठमाडौं । बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ ।

आज दिउँसो १:०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११:०० बजे बस्नेछ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।

Tags :