११ कार्तिक २०८१, आइतबार 1730045365
Banner

संविधान दिवसमा विभूषण नबाँड्ने सरकारको निर्णय

काठमाडौ । सरकारले यस बर्ष कुनै पनि बिभूषण प्रदान नगर्ने मनस्थितिमा पुगेको बुझिएको छ ।

dlGqkl/ifbsf] a}7s sf7df8f}F,( h]7 M l;+xb/af/df dª\unaf/ a;]sf] dlGqkl/ifbsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

आज बस्ने मन्त्री परिषद्को बैठकमा विभुषण बितरण पास गर्ने एजेन्डा रहेको भएपनि यो निर्णय नगर्ने मनस्थितिमा पुगेको समाचार स्रोतले जनायो ।

विभुषण छनोट समितिको सिफारिसमा धेरै नाम आएको र कटौति गर्दा पनि नमिल्ने तथा बिवादास्पद हुने भएपछि बितरणनै नगर्ने निर्णय गर्ने अवस्थामा सरकार पुगेको स्रोतले जानकारी दियो ।

बिभूषण छनौट प्रकृया पारदर्शी नभएको र बिगतका बर्षहरुका बिवाद भएको भन्दै आलोचना हुदै आएको थियो ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असोज ३ गते संविधान दिवसका दिन विभूषणको घोषणा गर्ने गरिएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।