काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । एनआरएनको नेतृत्वका लागि उनले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र अघि सारेका छन् ।
समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे ।