२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:59 pm
Banner

हामी मुलुक परिवर्तन गर्न हिँडेका हौँ : लामिछाने

सूचना प्रेस २०८० भदौ ३० शनिबार ००:००, १७:१७ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्।

शनिबार गोरखा सदरमुकाममा आयोजित आमसभामालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताउँदै उनले आफूहरु मुलुकमा परिवर्तन गर्न हिँडेको बताए ।

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए।