२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:24 pm
समाचार

आज मण्डनदेउपुर नगरपालिकामा ‘थकित बिदा’

सूचना प्रेस २०८० आश्विन ४ बिहिबार ००:००, ०७:२६ बजे १ मिनेट पढाइ

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकान बिदा दिएको छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि थकित भएको भन्दै  नगरपालिकाले आज थकान बिदा दिएको हो ।

नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै आज विहिबार असोज चार गते नगरपालिका भित्र थकान बिदा दिएको जानकारी दिएको छ । 

संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने क्रममा तीन दिन लगातार काममा खटिँदा कर्मचारी थकित भएको नगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाको मेयर टोकबहादुर वाइबा छन् । स्थानीय तह निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका थिए ।