९ मंसिर २०८१, आइतबार 1732439873
Banner

कांग्रेसका ११ जना केन्द्ररीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

काठमाडौं । नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको छ ।

केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले कांग्रेसका ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी परेको जानकारी दिएका हुन् ।

समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको बताए । समितिले पारदर्शी तरिकाले काम गरिरहेको उनले दाबी गरे ।

अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको पनि संयोजक ढुंगानाले बताए ।