काठमाडौं । दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् ।
भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो । सोहीबमोजिम दलहरुले जाँचबुझ आयोगको कार्यदिशबारे प्रस्ताव तयार गरेका हुन् ।
यसअघि आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ भएको भइरहेको थियो । छलफलमा सहभागी जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवका अनुसार नयाँ ड्रफ्ट बनेको, र सोबारे एमालेसँग छलफल हुनेछ ।