२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:06 pm
Banner

तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु

सूचना प्रेस २०८० आश्विन ८ सोमबार ००:००, ०९:१६ बजे १ मिनेट पढाइ

सल्यान । सल्यानमा आज बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप बिहान सवा ६ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।