१० कार्तिक २०८१, शनिबार 1729973580
Banner

दीप प्रज्वलन तथा ड्रोन उडाएर अध्यक्ष ओलीद्वार एमाले बागमती प्रदेश अधिवेशन उद्घाटन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन गरेका छन् । सोमबार अध्यक्ष ओलीले भृकुटीमण्डपमा दीप प्रज्वलन तथा ड्रोन उडाएर सो अधिवेशन उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । मङ्गलवार अधिवेशनको बन्द सत्रसँगै नयाँ नेतृत्व चयनका लागि प्रत्रिया सुरु हुने एमाले नेताहरूले बताएका छन् ।

एमाले बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल तथा प्रदेश नेता नुवाकोटका केशवराज पाण्डे, चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठले आकांक्षा देखाएका छन् ।