१० कार्तिक २०८१, शनिबार 1729958481
Banner

१९औं एसियाली खेलकुद : नेपालका बक्सिङ खेलाडी रविन थापाले निकाले जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा नेपालका बक्सिङ खेलाडी रविन थापाले जित निकालेका छन् ।

पुरुषतर्फको ४६ देखि ५१ केजी तौलसमूहको ३२ खेलाडीबीचको भिडन्तमा उनले जित निकालेका हुन् ।

जितसँगै रोविन अन्तिम १६ मा प्रवेश गरेका छन् । उनले सोमबार इन्डोनेसियाका प्रतिद्वन्द्वी दियो कोएबानुलाई अंकका आधारमा ४—१ ले हराए ।

सोमबार नै नेपालकी विनीता थापामगरले महिला ६० देखि ६६ केजी तौलसमूहमा चाइनिज ताइपेईकी निन चिन चेनको सामना गर्दैछिन् ।