८ मंसिर २०८१, शनिबार 1732405697
Banner

२०८४ सालको चुनावमा एमालेले एक्लै बहुमत ल्याउने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश अधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले मिसन –८४ एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको उनको भनाइ थियो ।

‘जोजो विरोधी हुन् उनीहरुले बुझे हुन्छ, सबै एकगठ भए हुन्छ । बाँकी कोही भए गठबन्धनमा आए हुन्छ । तर मिसन ८४ ले तपाईँहरूका सबै क्रियाकलापलाई जवाफ दिनेछ’, ओलीले भने, ‘एमालेले एकल बहुमत ल्याउँछ ।’

नेकपा एमाले मरेको बिरालोजस्तो नभएर ज्युँदो बाघ भएर अघि बढ्ने बताए ।

‘नेकपा एमाले मरेको बिरालो भएर होइन जिउँदो बाघ भएर अघि बढ्छ । राष्ट्रिय स्वाभिमानको झन्डा एमालेले तल झर्न दिँदैन’,
उनले एमालेका नेता कार्यकर्तालाई पनि देशलाई यो दिन्छु भन्ने भावनाका साथ अघि बढ्न निर्देशन दिए ।

पत्रपत्रिकाले एमालेभित्र यो र त्यो उम्मेदवार भनेर प्रचार गरिरहेको भन्दै त्यसमा नलाग्न प्रदेश नेतृत्वका आकांक्षीलाई सचेतसमेत गराए ।