१० कार्तिक २०८१, शनिबार 1729966705
Banner

देश संकटमा होइन, कांग्रेसको जिम्मामा छ : थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभई कांग्रेसको जिम्मा भएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले जति असामन्य भने पनि, देशको स्थित संकटपूर्ण छ भने पनि । त्यसो भए देश संकटमुक्त कहिले हुन्छ रु तीनै तहका सरकारमा हामी अनि देश संकटमा छ भन्ने रु देश संकटमा छैन, हाम्रो जिम्मामा छ,’ उनले भने ।

नेताले प्रतिबद्धता गरेअनुसार कामकारबाही भए वा नभएकोबारे जनताले प्रत्येक दिन मूल्यांकन गरिरहेको पनि थापाले बताए । ०४८ को चुनावपछि कांग्रेस सरकारमा गएको र नेताहरूका व्यवहारका बारेमा जनताले प्रश्न गरेको बताए । नागरिकले नेताहरूका व्यवहार र निष्ठाका बारेमा प्रश्न गरेको उनको भनाइ छ ।

महामन्त्री थापाले महाधिवेशनबाटै देशलाई संघीयतालाई लैजाने निर्णय गर्ने कांग्रेस नै पहिलो पार्टी भएको बैठकमा स्मरण गराए ।

‘संघीयता ठीक ढंगले चलिरहेको छैन, सुधार गरौँ भन्ने कुरा ठीक छ । तर योचाहिँ अरू कसैले बोकाइदिएको भारी हो भनेर यस्तो भारी हामी बोक्न सक्दैनौँ भनेर उम्किने मिल्दैन, यो नैतिकताको कुरा हो,’ उनले भने ।

त्यस्तै उनले शिक्षकहरू चाहेको समयमा पार्टी राजनीतिमा आउनुपर्ने वातावरण बनाउनुपर्ने पनि बताए । अहिले शिक्षकहरूले राजनीति गर्दा झोले भन्ने आरोप खेप्नु परेको टिप्पणी पनि गरे।

‘शिक्षक संघमा भएका साथीहरूले यति राम्रो विद्यालय खोल्नुभएको छ । तर, दलको झोले भनेर आरोप खेप्नु परेको छ । कतिपय कमजोरी पनि छन्,’ उनले भने, ‘शिक्षक भएर पार्टी राजनीति गर्न सम्भव छैन । पार्टी राजनीतिमा आउँछु भन्दै गर्दा शिक्षक साथीहरूले शिक्षक पेशा छोडे भनेर छोडेको दिन राजनीतिमा आउने ढोका खोल्नुपर्छ । आएर सांसद बन्देऊ, स्थानीय तह चलाइदेऊ भन्नुपर्छ ।’