२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 5:16 pm
समाचार

दाङमा बस दुर्घटना, १५ जना घाइते

सूचना प्रेस २०८० आश्विन ९ मंगलबार ००:००, ०९:५३ बजे १ मिनेट पढाइ

दाङ–दाङमा बस दुर्घटना भएको छ । आज बिहान साढे ६ बजेतिर काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख–०३६२ नम्बरको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गको लमही–९ अमिलियामा बस दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

अन्य पाँच जनाको अवस्था मध्यम रहेको र केही सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बाँकी यात्रु सकुशल रहेको जनाइएको छ । बसमा करिब ३०–३५ जना सवार रहेको सवार थिए ।

दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।