काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा सो मण्डल गठन भएको हो ।
सोमवार काठमाडौंमा शुरु भएको अधिवेशनको दोस्रो दिन प्रज्ञा भवनमा बन्दसत्र शुरु भएका छ ।
अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन् ।