१० कार्तिक २०८१, शनिबार 1729951737
Banner

जनता समाजवादी पार्टी, नेपाललाई कातिकभित्र पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाललाई नयाँ विधान अनुसार पुनर्गठन गर्ने गरी अभियान अगाडि बढेको छ ।

असार दोस्रो हप्ता सम्पन्न पार्टीको विधान अधिवेशनपछि जसपा नेपालले नयाँ विधान अनुसार पार्टी पुनर्गठन गर्नका लागि तीन महिने अभियान सञ्चालन गरिरहेको चालू रहेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कात्तिक महिनाभित्र पार्टीको पुर्नगठन गरिनेछ ।

हालसम्म पाँच वटा प्रदेश पुनर्गठन भइसकेको उनले जानकारी दिए । हालसम्म कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश समितिलाई पुनर्गठन गरिसकेको र लुम्बिनी प्रदेश र कर्णाली प्रदेश समितिलाई पुनर्गठन गर्न छलफलहरू चलिरहेको उनले बताए ।