१० कार्तिक २०८१, शनिबार 1729951790
Banner

यस्तो छ, एमाले बागमती प्रदेश कमिटीको निर्वाचन कार्यतालिका

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सोमबारबाट जारी अधिवेशनअन्तर्गतनिर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण गर्ने, अपराह्न ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता र साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।

यसअघि ४ र ६ बजे हुँदै पछिल्लो कार्यतालिकामा राति ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ ।
बिहीबार बिहानदेखि मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्य समेत रहेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

मतदाता नामावली प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । जसमा एक हजार १६५ जनाको नाम निर्वाचन स्थल पार्टी केन्द्रीय कार्यालय च्यासलमा टाँसिएको छ ।