१० कार्तिक २०८१, शनिबार 1729945339
Banner

सरकारले ठूला प्रकरणमा गलत मनसाय राखेको रास्वपाको भनाइ

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ठूला प्रकरणको अनुसन्धानमा गलत मनसाय राखेको पुष्टि हुँदै गएको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

ललितानिवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको अनुसन्धान र अभियोजनप्रति जनस्तरबाटै प्रश्न उठाइएको उसको दाबी छ ।

यस्तै, फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई राष्ट्रपतिले माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको रास्वपाको निष्कर्ष छ । यीसहित बैठकबाट विभिन्न १० निर्णय गरिएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।