१० कार्तिक २०८१, शनिबार 1729944712
Banner

नेकपा एमाले मधेश प्रदेश प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ ।

एमालेले जनकपुरधाममा आगामी असोज २४ र २५ गते हुने सो महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।

एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।