१० कार्तिक २०८१, शनिबार 1729945400
Banner

एमाले बागमती प्रदेश प्रथम अधिवेशनको मतदाता शुक्रबार बिहान ९ बजेबाट

काठमाडौं । एमाले बागमती प्रदेश प्रथम अधिवेशनको मतदाता शुक्रबार बिहान ८ बजेबाट हुने भएको छ ।

मतदान केन्द्रीय कार्यालय च्यासलमा हुने बताइएको छ । त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

साथै सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी राख्ने नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

यसअघि पटक पटक मतदानको कार्यसूची सर्दै आएको छ । अध्यक्षका लागि चुनावी मैदानमा कैशाल ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ केशवबहादुर बुढाथोकी रहेका छन् । अन्तिम समयमा वर्तमान केशवप्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।