१० कार्तिक २०८१, शनिबार 1729937211
Banner

एकीकृत समाजवादीको जागरण अभियान २०८० एमाले अध्यक्ष ओलीको गृहजिल्लाबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट सुरु हुने भएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको प्रवक्ताको भनाइ छ ।

असोज १४ गते काँकडभिट्टाको मेची नदि किनाराबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ ।

एमालेबाट विद्रोह गरेर बनेको नेकपा एसले पार्टीको जागरण अभियान एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट सुरु गर्न लागेको हो । अभियानमा करिव १ हजार किलोमिटर यात्रा हुने प्रवक्ता खतिवडाले बताए ।