१० कार्तिक २०८१, शनिबार 1729937689
पालिका

महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनीताद्वारा हाँडीगाउँको जात्रा अवलोकन (हेर्नूहोस् तस्वीरमा)

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनीता डंगोलले हाँडीगाउँको जात्रा अवलोकन गरेका छन् ।

शुक्रबार वडा नम्बर ५ को अगुवाइमा आयोजित सो जात्रामा नगरप्रमुख तथा उपप्रमखले जात्राको अवलोकन गरेका हुन् ।

जात्रामा स्थानीय उत्पादन तथा उद्योगको स्टल राखिएको सो जात्रामा हजारौँको उपस्थिति थियो । स्थानीय बुद्ध प्रजापतिले जात्रामा १० लाखभन्दा बढीको कारोबार हुने बताए । त्यसैगरी, जात्रामा स्थानीय तथा परम्परागत खेल गट्टी, डोरी नाघ्नेजस्ता खेल खेलाइएको थियो ।
त्यसैगरी, जात्रामा स्थानीय भोजनका स्टलहरु पनि राखिएको थियो ।

त्यसैगरी, जात्रामा प्रतिनिधिसभाका सदस्य प्रदीप पौडेलको पनि सहभागिता थियो ।
तस्वीरमा हेनुहोस्