काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले असोज १७ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका हुन् ।
कोशी प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।