१० कार्तिक २०८१, शनिबार 1729966785
समाचार

करिब तीन किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन् ।  

दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो,‘बरामद भएको सुन झण्डै तीन किलो छ। दुबईबाट काठमाडौं आएकी फिलिपिन्सकी महिला सुनसहित समातिएकी हुन्। थप अनुसन्धान भइरहेको छ, विस्तृत विवरण केही समयपछि आउँछ। ’

उनी अनअराइभल भिसामा नेपाल आएकी थिइन्।