१० कार्तिक २०८१, शनिबार 1729937483
Banner

चीन भ्रमणबाट नेपालले अपेक्षित लाभ लिन सकेन:मुख्यमन्त्री, लुम्बिनी प्रदेश

काठमाडौं । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताएका छन् ।

चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीद्वारा आयोजित अन्तर्क्रियामा आफ्ना धाराण राख्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । शेरचनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालको आफ्नै कमजोरीका कारण अपेक्षाकृत लाभ लिन नसकेको उनको भनाइ थियो ।

नेपालको निरन्तरको राजनीतिक अस्थिरता र नेपालका प्रधानमन्त्रीहरुको चीन भ्रमणका क्रममा धेरै क्षेत्रमा सहमति गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुंदा चीनको विश्वास जित्न नसक्दा सोचे अनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए ।

‘२००७ सालयता पञ्चायत, बहुदल र गणतन्त्र गरी सबै व्यवस्थामा कुनै सरकार पाँच वर्ष स्थिर हुन नसक्दा चीनलाई विश्वासमा लिन सकिएन’, शेरचनले भने, ‘अब धेरै क्षेत्रमा सहयोग माग्न भन्दा भन्दा नेपालको ब्यापार घाटाको मुख्य कारण बनेको इन्धन आयात घटाउन विद्युतीय सवारी साधन नेपालमै उत्पादन वा एसेम्बल र नेपालका सबैखाले प्राकृतिक स्र्रोत साधनको भरपूर सदुपयोगमा चीनसंग सहकार्य गर्ने विषयमा केन्द्रित हुन आवश्यक छ ।’

नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चीनसंग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनियाँ लगानी भित्र्याउन र १५ करोड चिनियां बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसंग सहकार्य गरिरहेको बताए ।