७ मंसिर २०८१, शुक्रबार 1732338775
पर्यटन

वसन्तपुर डबलीमा ज्यापू धुँन्या बाजा तथा नेवारी संस्कृति प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरको च्यापु महागुठीले नेवारी सांस्कृतिक झल्कने तस्वीर तथा बाजा प्रदर्शन गरेको छ ।

शनिबार महानगर ज्यापू महागुठीले विश्व पर्यटन दिवसको अवसरमा बसन्तपुर डबलीमा धुुँन्या बाजा तथा नेवारी सांकृति झल्कने तस्वीर प्रदर्शन गरेको हो ।

त्यसैगरी, पूर्वमेयर विद्यासुन्दर शाक्यले ज्यापू धुँन्या बाजा तथा नेवारी संस्कृति प्रदर्शनले नेपालको पर्यटनमा टेवा पुग्ने बताए । संस्कृति पहिचान भएको बताउँदै उनले यसलाई संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाभित्रका विभिन्न टोलमा रहेका फरक–फरक धुँन्या बाजा प्रदर्शन गरिरहेको छ ।

कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर, पूर्वमेयर विद्यासुन्दर शाक्यको उपस्थति रहेको थियो । एक सहभागीका अनुसार सुरुमा १८ वटा टोल रहेकोमा हाल बढेर ६३ टोल पुगेका छन् । उनका अनुसार ६३ वटै टोलको फरक फरक धुँन्या बाजा छ । ती सबैको आज प्रदर्शन हुनेछ ।