१० कार्तिक २०८१, शनिबार 1729945034
Banner

होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि सुर्खेतको स्थिती तनावग्रस्त

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । हिजो राति ८ बजे उनी होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

दैलेखका सलाम पुलामी झुण्डिएको अवस्थामा मृत फेला परेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार घटना कसरी घटेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, होस्टेलका तीनजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ । उनका अनुसार पोष्टमार्टमा लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।

घटना शंकास्पद रहेको भन्दै आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् । विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए