१० कार्तिक २०८१, शनिबार 1729945278
Banner

पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।