२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:09 pm
Uncategorized

माओवादीकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज

सूचना प्रेस २०७८ पुस १९ सोमबार ००:००, ०४:०८ बजे १ मिनेट पढाइ

काठमाडौं- नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज साेमबार बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीकाे आठाैँ महाधिवेशनले केन्द्रीय कमिटी घाेषणा गरिसकेकाे छ । अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।