५ आश्विन २०८३, सोमबार 1790017007
Uncategorized

बसभित्र आत्मदाह प्रयासबारे छानबिन गर्न समिति गठन

काठमाडौं : ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी र उक्त घटनासँग ट्राफिक प्रहरीको संलग्नतामाथि छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

उक्त समितिले आगलागी हुनुपूर्व गाडीका चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको संवाद, त्यससँग सम्बन्धित सीसीटीभी फुटेजको अध्ययन र सामाजिक सञ्जालमा भाइरल भएका दृश्यहरूको विश्लेषण गर्दै छानबिनको काम अगाडि बढाइने भएको छ ।