९ कार्तिक २०८१, शुक्रबार 1729894457
Banner

९ किलो सुन तस्करी प्रकरण : प्रकृतिअनुरुप ३ देखि ५ वर्षसम्म जन्मकैद सजाय माग गरी मुद्दा दायर

काठमाडौं । विद्युतीय सिगरेटमा लुकाइ सुन तस्करी गरेको अभियोगमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

९ किलो सुन तस्करीमा मुछिएका उनीहरुविरुद्ध प्रकृतिअनुरुप ३ देखि ५ वर्षसम्मको सजाय माग दाबी गरी मुद्दा दायर गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादी ४ मध्ये निमा फरार छन् ।

उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो ।

उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।