९ कार्तिक २०८१, शुक्रबार 1729894120
Banner

त्रिभुवन विमानस्थलमा कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालन, तस्करी कम हुने अनुमान

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ ।

त्रिभुवन विमानस्थलले अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि गेट सञ्चालनामा ल्याइएको हो ।
भन्सार प्रमुख डा. टोकराज पाण्डेका अनुसार प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

गत साउन २ गते कार्गो भवन हुँदै व्रेक शुभित्र राखेर सुन तस्करीको घटना बाहिरिएपछि भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको बताएको छ ।