९ कार्तिक २०८१, शुक्रबार 1729887137
Banner

लुटेरा समूहबाट पेस्तोल र ७ राउण्ड गोली बरामद

काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार मोटरसाइकलमा आएका लुटेरा समूहबाट उल्लेखित सामान बरामद भएको हो ।

लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएको प्रहरीको भनाइ छ ।
त्यसक्रममा सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

घटनापछि सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र गोली बरामद भएको मैनालीले बताए ।