२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:49 pm
Banner

साउदी अरब नेपालसँग ३०१ रनको अन्तरले पराजित

सूचना प्रेस २०८० कार्तिक २ बिहिबार ००:००, १३:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई उल्लेखित फराकिलो अन्तरले पराजित गरेको हो ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।