२८ भदौ २०८३, आइतबार 1789352152
Banner

बूनपा–३ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

विजया दशमी, शुभदीपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा बूढानीलकण्ठ नगरपालिकाले–३ ले आज (बिहीबार) शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेश सांसद जयराम थापा, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, पूर्वमेयर उद्धव खरेल, बूनपा नगरकमिटी अध्यक्ष प्रदीप डंगोल, बूनपाका वडाध्यक्षहरु, राजेन्द्र श्रेष्ठ, रवि खड्का, काठमाडौं क्षेत्र नम्बर ५ का संयोजक ध्रुव थपलियालगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन नेकपा एमाले बूनपा पार्टी नगरकमिटी सदस्य विकास तामाङले गरेका थिए । त्यसैगरी, शुभकामना मन्तव्य वडा नम्बर ३ पार्टी अध्यक्ष गणेश कुँवरले गरेका थिए ।

कार्यक्रममा वडावासीको बाक्लो उपस्थिति थियो । उपस्थित वडावासीले एकअर्कामा हार्दिकतापूर्वक शुभकामना आदानप्रदान गरे ।