९ कार्तिक २०८१, शुक्रबार 1729858788
Banner

संयुक्त राष्ट्रसंघ महासचिव गुटरेसको सुरक्षामा खटिएका प्रहरी निरीक्षक ढुंगानाको लेक लागेर मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

उनी गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए ।

सोही क्रममा हिमालयमा बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइयो । तर, सोही क्रममा उनको मृत्यु भएको हो ।