४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:25 pm
Banner

एमालेले आयोजना गरेको चियापानमा रामकुमारी झाँक्री सहभागी…

सूचना प्रेस २०८० कार्तिक १५ बुधबार ००:००, १५:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेकपा एमालेले आयोजना गरेको चियापानमा सहभागी भएकी छन् ।

उनी आज एमालेको चियापान कार्यक्रममा सहभागी हुनको लागि झाँक्री च्यासल पुगेकी हुन्। झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे भने उनले ओलीलाई पुष्पगुच्छा दिइन् ।

यस्तै उनी अष्टलक्ष्मी शाक्यसँग अंगालोमा बाँधिएकी थिइन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रम अहिले जारी छ।

झाँक्री पछिल्लो समय पार्टीभित्र सन्तुष्ट छैनन्। पार्टी नेतृत्वदेखि रुष्ट बनेको झाँक्री एमाले प्रवेश गर्ने तयारी रहेकोसम्म चर्चा चलेको थियो।

एमालेले चाँडपर्वको अवसरमा गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो। तर, अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल गएनन्। एमालेको निम्तो मान्नका लागि सम्मानित नेता झलनाथ खनाल पुगेका छन् ।