९ कार्तिक २०८१, शुक्रबार 1729850552
Banner

तिहारलाई लक्षित गरी राष्ट्रबैंकले सुनका असर्फी विक्री गर्ने, हरेक दिन मूल्य सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंक टक्सार महाशाखा तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको बताएको छ ।
राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने राष्टबैंकले जनाएको छ ।

यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको टक्सार विभाग प्रमुख आचार्यले बताए । २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको उनले बताए ।