९ कार्तिक २०८१, शुक्रबार 1729858170
Banner

कोतपर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएकाहरुले शान्तिको कुरा गर्दैछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुष्पकमल दाहाल प्रचण्डले हिजो कोतपर्व र नारायणहिटी हत्याकाण्डा मच्चाएकाहरुले आज शान्तिको कुरा गरेको आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले भने, ‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै अहिले शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ । त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’