९ कार्तिक २०८१, शुक्रबार 1729850784
Banner

दलहरुबीच विश्वासको वातावरण बन्दै गएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच विश्वासको वातावरण बन्दै गएको बताएका छन् ।

चाडपर्वको अवसरमा एमालेले पार्टी मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु।’