९ कार्तिक २०८१, शुक्रबार 1729887418
Banner

डोटी ट्याक्टर दुर्घटना एकको मृत्यु, चार जनाको अवस्था गम्भीर

डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४, २५ जना मजदुर बोकेर जोरायल गाउँपालिका १ घोरडी देखि खटेना जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।

घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि धनगढी पठाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।