९ कार्तिक २०८१, शुक्रबार 1729843754
समाचार

पार्टी बलियो हुन कमिटी बलियो हुनुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमाले महानगर कमिटीको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काडमाडौं महानगरपालिका वडा नम्बर १६ मा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा प्रमुख अतिथिमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्त थिए ।

नेकपा (एमाले) महानगरपालिका १६ वडा शाखा कमिटीद्वारा दशैँ, तिहार,नेपाल संवत तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) बलियो बनाउन सर्वप्रथम पार्टीका कमिटीहरु बलियो हुनुपर्ने बताए ।

चन्द्रमा सूर्यको प्रकाशद्वारा चम्किने बताउँदै उनले भने, ‘जसरी सूर्यविना चन्द्रमाको चमक रहँदैन । त्यसैगरी जनताबिना नेकपा एमालेका कुनै पनि कमिटीको अस्तित्व रहँदैन ।’

साथै, उनले रिक्त रहेको वडाध्यक्षको निर्वाचनका तयार रहन पनि उनले तयार रहन निर्देशन दिए ।

नेकपा एमालेका पूर्वमन्त्री तथा काठमाडौं महानगर कमिटीका इन्चार्ज् रामेश्वर फुयालले नेपाल संवतलाई राष्ट्रिय सम्वत बनाउन नेकपा एमालेको विशेष भूमिका रहेको बताए ।

यही ६ गते केपी शर्मा ओलीको उपस्थितिमा शंखधर शाख्वाको स्मरण र नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम रहेको जानकारी दिँदै उनले सो कार्यक्रममा चित्रकला प्रतियोगितासमेत हुने बताए ।

नेकपा एमालेले क्षमताको विकासलाई प्राथमिकतामा राखेको बताउँदै उनले सो चित्रकलामा सहभागी हुनका लागि आह्वानसमेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमेयर विद्यासुन्दर शाक्यले दशैँ तिहार तथा छठको शुभकामना दिँदै वडा कमिटीले आगामी दिनममा सशक्त रुपमा काम गर्नुपर्ने बताए । शंखधर शाख्वाको योगदान स्मरण गर्दै नेपाल संवतलाई राष्ट्रिय सम्वत नेपाल आफ्नै संवत भएको उनको भनाइ छ ।

यस्तै, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले वडा कमिटीले तदारुक्ताका साथ काम गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन काठमाडौं महानगर वडा कमिटीका सचिव जयराम श्रेष्ठले गरेका थिए ।

तस्वीरमा हेनूस् कार्यक्रमका झलक