९ कार्तिक २०८१, शुक्रबार 1729865148
Banner

मुगु सामूहिक हत्या काण्डमा एकजना पक्राउ, आज सार्वजनिक गर्ने प्रहरीको तयारी

काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाको १३ दिनपछि हत्यारालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेका छन् । हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । उनी मृतकका आफन्त नै पर्छन ।
प्रहरीले शाहीलाई आज पत्रकार सम्मेलनगरि सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत कात्तिक १० गते छायानाथ रारा नगरपालिका ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको घरमै हत्या भएको थियो ।