काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष अब्दुल बासिदले बेलाको नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा आफ्नो गृहनगर जनकपुरमा विस्तार गरेका छन । कतार र बेलायतमा स्थापित बनिसकेको ब्राण्ड बेलाले नेपालमा पनि आक्रामक बजार विस्तारको योजना बनाइरहेको समयमा जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमको उद्घाटन गरिएको हो । यो काठमाडौँपछिको दोस्रो डिस्ट्रिब्यूसन सेन्टर भएको बताइएको छ ।
डिस्ट्रिब्युसन सेन्टरको उदघाटन कांग्रेसका नेता एबं सांसद विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एबं एनआरएनएका युवा उपाध्यक्ष अब्दुल बासिदले जानकारी दिए । होम अप्लायन्सले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेशका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको बताए । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, आफ्नै जन्मभुमी र मधेशका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’
सिईओ बासिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रडक्ट भएको दावी गरे । ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन । सही सामग्री खरिद गरेकोमा उहाँहरुलाई गौरवानुभूति हुने छ,’ उनले भने ।
जनकपुरमा पाइला चाल्दा आफूहरु विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उनले बताए । आफू सानो उमेरमै बैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेर र आफ्नो पौरखले व्यापारमा हात हालेको भन्दै अहिले विदेशमा सिकेको सिप, ज्ञान र अनुभव देशमा पनि लगाएको उनको भनाइ छ । देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो स्वरुप स्थापना गर्न सफल भएको बताए । उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रमोसनमा मात्रै नेपाल आएको नभई युवाहरुलाई हौसला दिन पनि आएको बताए । नेपालमा लगानीको वातावरण नभएपनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ ।
उनले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको धारणा समेत राखे ।