२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:49 pm
अर्थ

आज सुनचाँदीको मूल्य घट्यो

सूचना प्रेस २०८० मंसिर २४ आइतबार ००:००, ११:३२ बजे १ मिनेट पढाइ

काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार ३०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।