काठमाडौँ– एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आपत्ति जनाउनुभएको छ । एनसेलको भष्ट्राचार काण्ड सम्बन्धि निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै उहाँले खेद व्यक्त गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भन्नुभएको छ, “सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”
सभापति पोखरेलले भष्ट्राचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितीहरुमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने काम बन्द गर्न राज्य समितिसँग आग्रह गर्नुभयो । उहाँले यस्ता भ्रमको पछि नपर्नसमेत आग्रह गर्नुभएको छ ।