९ मंसिर २०८१, आइतबार 1732488325
Banner

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो । पुनले भोलि पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासन प्रमुख रेवतीरमण अधिकारीले जानकारी दिए ।