१० मंसिर २०८१, सोमबार 1732548655
राजनीति

नेपालको पर्यटन प्रबर्द्धनमा हिन्दु र बुद्धिस्ट पर्यटकलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसद ढकालको जोड

काठमाडौं। संघिय सांसद एकनाथ ढकालले पर्यटनको प्रबद्धन गर्दा देशको मूल्य मान्यतामा प्रतिकुल असर पार्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद ढकालले नेपाल पर्यटन बोर्डको मुख्य काम नेपाल सरकार र निजि क्षेत्रको समन्वयनमा देश भित्र र बाहिर पर्यटनको प्रबद्धन गर्ने हो भन्दै पर्यटन ट्रयाक टू डिप्लोमेसी भएको धारणा राख्नुभयो।

ढकालले बिदेशमा नेपालको पर्यटनको प्रबद्धन गर्दा देशको प्रतिष्ठाको पनि अभिवृद्धि हुनु पर्ने बताउनुभयो। ढकालले सन् २०२३ मा लक्ष अनुसारको संख्यामा पर्यटक नेपाल ल्याउन सफल देखीए पनि प्राथमिकता निर्धारणमा भने कमजोरी रहेको बताउनुभयो । सांसद ढकालले सन् २०२३ मा नेपाल आएका दश लाख भन्दा बढी पर्यटक मध्य आठ प्रतिशत मुस्ताङ जिल्ला पुग्दा पनि मात्र सात प्रतिशतले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नुले हाम्रो पर्यटन प्रबद्धनको प्राथमिकतामा कमजोरी रहेको देखिन्छ भन्नु भयो। उहाँले नेपालमा धार्मिक पर्यटकको बिस्तारको योजना बनाउदा बुद्धिस्ट र हिन्दु पर्यटकका आबस्यकतालाइ प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।

ढकालले पर्यटन बोर्डलाई प्रबिधि मैत्री बनाउन सुझाब दिदै पर्यटन बोर्ड र विभागलाई मर्ज गर्ने, निजि कम्पनीको रुपमा संचालन गर्ने भन्ने जस्ता बिषय चर्चामा आएकोमा बोर्डको धारणा माग गर्नुभयो । ढकालले नेपाललाई कन्फेरेन्स भेन्युको रुपामा विकास गर्नु पर्ने, शान्ति पर्यटनको विकास गर्नु पर्ने र साना पर्यटन ब्यबशायीहरुलाइ प्रबद्धन गर्नु पर्ने समेत धारणा राख्नुभयो ।

सांसद ढकालले पर्यटनको प्रबद्धन गर्दा नेपालको सामाजिक र पारिवारिक मूल्यमान्यता खण्डित हुन दिन नहुने प्रति पनि बोर्डको ध्यानाकर्षण गराउनुभयो ।