२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 5:36 pm
Banner

जयशंकरले गरे पशुपतिनाथ परिसरमा वृक्षारोपण

सूचना प्रेस २०८० पुस २० शुक्रबार ००:००, ११:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन् ।

सो क्रममा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए । जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।