एजेन्सी। बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
उहाँ नेतृत्वको सत्तांरुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । संसदको ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।
निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिष्ट पार्टीले भने बहिष्कार गरेको थियो । पूर्व प्रधानमन्त्री खालिदा जियाले भने यो निर्वाचनलाई ठगिको संज्ञा दिनुभएको छ।
मुस्लिम धर्मावलम्बी बाहूल्य बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागि भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री शेख हसिना वाजिदको लगातार चौथो तथा समग्रमा पाचौ कार्यकाल हो ।