२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:57 am
Banner

न्यायाधीश भुवन गिरीकी जेठी श्रीमतीद्वारा सर्वोच्चमा आत्मदाहको प्रयास

सूचना प्रेस २०८० पुस २९ आइतबार ००:००, १३:५५ बजे १ मिनेट पढाइ

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी श्रीमती आरती गिरीले आत्मदाहको प्रयास गरेकी छन् । आईतबार उनले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी हुन् ।

आरतीलाई शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले उद्धार गरेको हो । उद्धारपछि उनलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिईन् ।

यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा श्रीमान्‌ गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् । उनले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।